लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु
काठमाडौ., भदौ १४ : लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको आइतबार अपरान्ह...
काठमाडौ., भदौ १४ : लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका ५ का ६७ वर्षीय पुरुषको आइतबार अपरान्ह मृत्यु भएको हो।
मृतकमा पहलेदेखि नै मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको छ। श्वासप्रश्वासमा समस्या आएपछि उनी आइतबार बिहान अस्पताल भर्ना भएका थिए।
प्रकाशित मिति: १३:३६ बजे, आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











