वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट आमाछोराको मृत्यु
काठमाडौं, भदौ १४ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आमा र छोरा रहेका छन्।सुनसरीको...
काठमाडौं, भदौ १४ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आमा र छोरा रहेका छन्।
सुनसरीको धरान उपमहानगरपालिका १७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनीहरु शनिबार साँझ अस्पताल भर्ना भएका थिए। आमाछोरामा नै मधुमेह, उच्च रक्तचापको समस्या र अत्यधिक खोकीकाे समस्या रहेको थियो।
आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको उनीहरुमा आमाको बिहान ८ : ३० र छोराको ७ : ४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जनाएको छ।
प्रकाशित मिति: १२:५६ बजे, आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











