जंगी अड्डामा कार्यरत सेनाका जवानले गरे आत्महत्या
काठमाडौं, भदौ १४ : नेपाली सेनाको जवानले आफैले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन्। जंगी अड्डामा कार्यरत तनहुँको रानीपोखरी स्थायी ठेगाना भएका एक...
काठमाडौं, भदौ १४ : नेपाली सेनाको जवानले आफैले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन्।
जंगी अड्डामा कार्यरत तनहुँको रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ ।
उनले बिहान २ः४५ बजे आत्महत्या गरेका सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
घटनाबारे मृतकको आफन्तलाई खबर गरि शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको सेनाले जनाएको छ।
प्रकाशित मिति: १२:३८ बजे, आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











