पर्साका ४७ सहित ८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ १४ : वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।संक्रमितमध्ये ४७ पर्साका, ३० जना बाराका तथा...
काठमाडौं, भदौ १४ : वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये ४७ पर्साका, ३० जना बाराका तथा मोरङ र काठमाडौंका–१र१ जना रहेका छन्।
यसअघि पर्साका चार सय ६३ जना महिलासहित २ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। हालसम्म ६ सय ४७ जना कोरोनामुक्त भई घर फर्किएका छन्।
अस्पतालमा हाल ३६ महिलासहित १ सय ४ जना आइसोलेसनमा उपचाररत छन्।
पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ।
प्रकाशित मिति: १२:०९ बजे, आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











