Kathmandu Press

उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको कोरोना परीक्षण नतिजा नेगेटिभ

काठमाडौं, भदौ १४ : उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड–१९ को पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ। कोभिड–१९ संकट...
उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको कोरोना परीक्षण नतिजा नेगेटिभ

काठमाडौं, भदौ १४ : उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र प्रधानसेनापतिसहित पदाधिकारीको कोभिड–१९ को पछिल्लो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ। कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि उनीहरुको पीसीआर परीक्षण गरिएको थियो।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायत महानुभाव सिसिएमसीको उक्त बैठकमा सहभागिता रहेको थियो।

उाीहरुको स्वाब  शनिबार बिहान संकलन गरिएकामा साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। बैठकमा चियापानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै आइसोलेसनमा  बसेका थिए।

प्रकाशित मिति: ११:२१ बजे, आइतबार, भदौ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्