Kathmandu Press

तेस्रो जितसँगै सन्दीपको टिम जमैका तेस्रो स्थानमा

काठमाडौं, भदौ १४ : नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम जमैका तलावासले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ। शनिबार राति भएको...
तेस्रो जितसँगै सन्दीपको टिम जमैका तेस्रो स्थानमा

काठमाडौं, भदौ १४ : नेपाली क्रिकेटर सन्दीप लामिछानेको टिम जमैका तलावासले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा तेस्रो जित हात पारेको छ। शनिबार राति भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्समाथि ३७ रनको जित निकालेको हो।

यो जितसँगै जमैका ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ। यसअघि जमैकाले सेन्ट लुसिया जुक्स र गुयाना अमेजोन वारियर्सलाई समान पाँच विकेटले पराजित गरेको थियो। ६ खेलमा अपराजित रहेको ट्रिनबागो नाइट राइडर्स १२ अंकका साथ शीर्ष स्थानमा छ भने आठ अंक जोडेको सेन्ट लुसिया जुक्स दोस्रो स्थानमा छ।

पहिला ब्यटिङ गर्दै जमैकाले दिएको १४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा ११० रनमै अलआउट भएको थियो। उसका लागि काएरन पावेल र एभिन लेविसले समान २१ रन बनाए।

सेन्ट किट्सलाई सस्तैमा समेट्ने क्रममा जमैकका कार्लेस ब्रेथवेटले तीन विकेट लिए भने सन्दीप, फिडेल इडवार्डस र विरासामी पेर्मउलले समान दुई विकेट लिए।

उत्कृष्ट बलिङ गरेका ब्रेथवेटले ३.४ओभरमा ११ रन खर्चेर एक मेडनसहित तीन विकेट लिए भने सन्दीपले चार ओभरमा २७ रन खर्चिए। योसँगै सन्दीपले ६ खेलमा कुल नौ विकेट लिएका छन्।

उनी सर्वाधिक विकेट लिनेको सूचीमा छैठौं स्थानमा छन्। यो सूचीमा १३ विकेट लिएका जलावासकै मुजिब उर रहमान छन्।

टस जितेर पहिला ब्याटिङ गरेको जमैकाले ओपनर ग्लेन फिलिप्सको अर्धशतक मद्दतमा २० ओभर खेल्दै ६ विकेट गुमाएर १४७ रन बनाएको थियो। फिलिप्सले ६१ बल खेल्दै २ चौका र ६ छक्काको मद्दतमा ७९ रन बनाए। सेन्ट किट्सका कप्तान रायद एमरिटले ३ विकेट लिए।

यस्तै शनिबार राति नै भएको खेलमा ट्रिनबागो नाइट राइसर्डले डिफेन्डिङ च्याम्पियन बार्बादोस ट्राइडेन्सलाई २ विकेटले पराजित गर्दै लागतार छैठौं जित निकालेको छ।

प्रकाशित मिति: १०:२३ बजे, आइतबार, भदौ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्