Kathmandu Press

पाटन अस्पतालमा २९ वर्षीय युवकको कोरोनाबाट मृत्यु

ललितपुर, भदौ १४ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २९ वर्षीय युवकको मृत्यु भएको छ।गएराति उपचारका क्रममा ललितपुरका २९ वर्षीय युवकको मृत्यु...
पाटन अस्पतालमा २९ वर्षीय युवकको कोरोनाबाट मृत्यु

ललितपुर, भदौ १४ : कोरोना भाइरसको संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा २९ वर्षीय युवकको मृत्यु भएको छ।

गएराति उपचारका क्रममा ललितपुरका २९ वर्षीय युवकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। उनी कोरोना संक्रमण देखिएपछि साउन २८ गते अस्पताल भर्ना भएका थिए।

उनलाई अन्य दिर्घ रोग नभएको जनाएको छ। ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: १०:०९ बजे, आइतबार, भदौ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्