भक्तपुरमा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु
भक्तपुर, भदौ १४ : कोरोना भाइरस संक्रमितको भक्तपुरमा होम आइसोलेसनमै मृत्यु भएको छ।भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय बृद्धको गएराति होम आइसोलेसनमै मृत्यु भएको...
भक्तपुर, भदौ १४ : कोरोना भाइरसको संक्रमितको भक्तपुरमा होम आइसोलेसनमै मृत्यु भएको छ।
भक्तपुर नगरपालिका–१ दूधपाटीका ६५ वर्षीय बृद्धको गएराति होम आइसोलेसनमै मृत्यु भएको वडाध्यक्ष श्यामकृष्ण खत्रीले बताए। उनका अनुसार बृद्धलाई कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै राखिएको थियो।
उनलाई भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता घरमै बसिरहेका थिए। उनी उच्च रक्तचाप, महुमेहबाट पनि पीडित रहेको वडाध्यक्ष खत्रीले बताए।
उनलाई कोरोना संक्रमण भएपछि अस्पताल लग्न खोजिएको थियो। तर, आइसोलेसनमा एक्लै खाना खान समस्या हुने भन्दै परिवारजनले होम आइसोलेसनमै राख्न आग्रह गरेका थिए।
बृद्धको मृत्यु भएपछि परिवारको पनि कोरोना परीक्षण गर्न लागिएको छ। उनको शव नेपालीले सेनाले व्यवस्थापन गर्न लागेको वडाध्यक्ष खत्रीले बताए।
प्रकाशित मिति: ०९:४८ बजे, आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











