स्याङजामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं, भदौं १४ : स्याङजामा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।काठमाडौंबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना...
काठमाडौं, भदौं १४ : स्याङजामा चापाकोट अस्पतालको एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
काठमाडौंबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स वालिङ ५ माझकोटमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो। उपचारको क्रममा चापाकोट ९ का ३२ वर्षीय भानुभक्त गैह्रे र वडा नं १० का २५ वर्षीय श्याम पंगेनीको मृत्यु भएको हो ।
चापाकोट ९ का एम्बुलेन्स चालक ३१ वर्षीय सुरेन्द्र भण्डारी र २८ वर्षीय पवित्रा पोख्रेल घाइते भएका छन् । उनीहलाई गह्रौ प्राथमिक अस्पतालमा सामान्य उपचार पछी थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।
प्रकाशित मिति: ०८:४६ बजे, आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











