Kathmandu Press

उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको कोरोना परीक्षण नतिजा नेगेटिभ

काठमाडौं, भदौं १४ : उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापति सहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।कोभिड–१९...
उपप्रधानमन्त्रीसहित सबै पदाधिकारीको कोरोना परीक्षण नतिजा नेगेटिभ

काठमाडौं, भदौं १४ : उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापति सहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको बैठकमा सहभागी पदाधिकारीलाई चिया र पानी उपलब्ध गराउने व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरुको पिसीआर परीक्षण गरिएको थियो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानसेनापति पूर्णचन्द्र थापालगायतका महानुभाव सिसीएमसीको उक्त बैठकमा सहभागी थिए ।

उनी हरुको स्वाब  बिहान सङ्कलन गरिएकामा शनिबार साँझ परीक्षणको नतिजा नेगेटिभ आएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

बैठकमा चिया र पानी उपलब्ध गराउने व्यक्तिलाई कोरोना भएको गत बिहीबार पुष्टि भएपछि शुक्रबार त्यस बैठकमा सहभागी प्रायः सबै व्यक्ति आइसोलेसनमा रहेका थिए । 

प्रकाशित मिति: ०८:२२ बजे, आइतबार, भदौ १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्