कोरोना नियन्त्रणका लागि लगाईएको प्रतिबन्ध खारेजीको माग गर्दै जर्मनीमा हजारौंको प्रदर्शन
काठमाडौं, भदौं २४ : कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका बाबजुदमा जर्मनीमा सयौँ मानिस सडकमा उत्रिएका छन् ।कोरोना रोकथामका नाममा सरकारले अव्यवहारिक...
काठमाडौं, भदौं २४ : कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका बाबजुदमा जर्मनीमा सयौँ मानिस सडकमा उत्रिएका छन् ।
कोरोना रोकथामका नाममा सरकारले अव्यवहारिक प्रतिबन्ध कायमै गरेको भन्दै जर्मनीको राजधानी बर्लिनमा दुई समूहले आयोजना गरेको प्रदर्शनमा ३८ हजारभन्दा बढी मानिस सहभागी भएको बीबीसीले जनाएको छ । प्रदर्शनका क्रममा सहभागी केहीले मात्र मास्क लगाएका थिए । साथै उनीहरुले भौतिक दूरीको नियम समेत पालना गरेका थिएनन् ।

सरकारले लगाएको मास्क लगाउने वा अनुहार ढाक्नुपर्ने नियम स्वतन्त्रता विरोधी रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले सरकारले लगाएको प्रतिबन्धहरु खारेज हुनुपर्ने माग राखेका थिए। कोरोना महामारी बढिरहेका बेला प्रदर्शन भएपछि प्रहरीले त्यसलाई रोक्ने प्रयत्न गरेपछि सो क्रममा झडपसमेत भएको छ ।
प्रदर्शनमा सहभागी झण्डै २ सय जनालाई पक्राउ गरी हिरासतमा राखिएको छ । जर्मन सरकारले पछिल्लो सयम कोरोना भाइरस रोकथामका लागि कडा नियम बनाएको छ । वल्डोमर्टसको पछिल्लो अपडेट अनुसार जर्मनीमा हालसम्म २ लाख ४२ हजार भन्दा वढी कोरोनाबाट संक्रमित भएका छन् भने ९ हजार ३ सय जनाले ज्यान गुमाईसकेका छन् ।











