Kathmandu Press

गण्डकी प्रदेशका २ जिल्लामा थपिए ५ जना संक्रमित 

काठमाडौं, भदौ १४ : गण्डकी प्रदेशका २ जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, राष्ट्रिय जनस्वास्थ्य...
गण्डकी प्रदेशका २ जिल्लामा थपिए ५ जना संक्रमित 

काठमाडौं, भदौ १४ : गण्डकी प्रदेशका २ जिल्लामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा कास्कीका ३ जना र नवलपरासी (ब.सु.पू.) मा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपरासी मध्यबिन्दु ४ की एक जना कोरोना संक्रमित महिला स्वास्थ्यकर्मी रहेकी छिन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको भने मृत्यु हुनेको संख्या १३ पुगेको छ । 
 

प्रकाशित मिति: ०७:३७ बजे, आइतबार, भदौ १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्