चितवनमा कोरोना संक्रमित थप एकको मृत्यु
काठमाडौं, भदौं १४ : चितवनमा शनिावर साँझ थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व), विनयी...
काठमाडौं, भदौं १४ : चितवनमा शनिावर साँझ थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी (बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको शनिवार साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए ।
निमोनिया भएर यही भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको शनिवार अपराह्न कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो ।
यसअघि आजै बिहान चितवन मेडिकल कलेजमै बाराका एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।
प्रकाशित मिति: ०६:५१ बजे, आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











