Kathmandu Press

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ।
कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २०७ पुग्यो

काठमाडौं, भदौ १३ : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको जानकारी दिए।

प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट पाल्पाकी ३०, काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिला तथा पर्साका ४८ र ३९, सिरहाका ८४, गोरखा ३८, कास्कीमा ५८, काठमाडौंमा ८३, ललितपुरका ७२ र ६१ तथा भक्तपुरका ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ। 

शनिबार नेपालमा ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ। संक्रमितमध्ये २० हजार ५५५ जना निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: १६:४८ बजे, शनिबार, भदौ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्