Kathmandu Press

थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १३ :  नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८४  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।   

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ। संक्रमितमध्ये २० हजार ५५५ जना निको भएर घर फर्किएका छन्। 

प्रवक्ता गौतमका अनुसार शनिबार ३१३ जना कोरोनालाई जितेर घर फर्किएका छन्।

प्रकाशित मिति: १६:२४ बजे, शनिबार, भदौ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्