कास्कीमा कोरोना संक्रमित पुरूषको मृत्यु
पोखरा, भदौ १३ : कास्कीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन...
पोखरा, भदौ १३ : कास्कीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा सघन उपचार कक्षमा उपचार गराइरहेका पोखरा महानगरपालिका–१४ का ५८ वर्षीय पुरूषको शनिबार मृत्यु भएको हो।
गत भदौ ७ गते अस्पतालको शल्यक्रिया विभागमा उनको पेटको आकस्मिक शल्यक्रिया गरिएको थियो। भोलिपल्ट नमूना सङ्कलन गरिएकामा भदौ १० गते कोरोनाको नतिजा पोजिटिभ आएको थियो।
कोरोना पुष्टि भएपछि उनलाई कोभिड उपचार केन्द्रमा सारिएको थियो।
प्रकाशित मिति: १५:४४ बजे, शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











