Kathmandu Press

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

बुटवल, भदौ १३ : प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार एक सय सय एक पुगेको छ। तीमध्ये एक हजार दुई...
प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो

बुटवल, भदौ १३ : प्रदेश ५ मा कोरोना भाइरस संक्रमितको संख्या ६ हजार एक सय सय एक पुगेको छ। तीमध्ये एक हजार दुई सय ९७ जना सक्रिय संक्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उनीहरुमध्ये करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ। प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए। तीमध्ये ३९ पुरुष र ३३ महिला रहेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १÷१ जना रहेका छन्।

प्रदेशमा चार हजार सात सय तीन जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ। प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन्।  तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ। उनीहरुको अवस्था चिन्ताजनक रहेको सूचना अधिकारी पौडेलले बताए। 

बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ संक्रमितको  सामान्य अवस्थामा उपचार भइरहेको छ।

सूचना अधिकारी पौडेलका अनुसार संक्रमण देखिएका ८७ जना अझै पनि क्वारेन्टिनमै छन्। उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ। शुक्रबारसम्म एक हजार चार सय ७६ जना क्वारेन्टिनमै बसेका छन्। अहिलेसम्म ९७ हजार पाँच सय ९१ जनाको पीसीआर परीक्षण गरिएकोमा ९४ हजार छ सय १९ जनाको नतिजा आएकोमा ६ हजार एक सय एक जनामा कोरोना पुष्टि भएको छ। रासस
 

प्रकाशित मिति: १२:४१ बजे, शनिबार, भदौ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्