Kathmandu Press

कोरोना संक्रमित बढेपछि डोटीमा निषेधाज्ञा जारी

डोटी, भदौ १३ : कोरोना संक्रमित बढ्न थालेपछि डोटीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि...
कोरोना संक्रमित बढेपछि डोटीमा निषेधाज्ञा जारी

डोटी, भदौ १३ : कोरोना संक्रमित बढ्न थालेपछि डोटीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिए।

निषेधाज्ञा पहिलो चरणमा भदौ २१ गते आइतबार रातिसम्म सात दिनका लागि लागू हुनेछ। जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार जिल्लामा एक हप्तामा कोरोना संक्रमित बढेर ९०० पुगेका छन्।

जिल्लामा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि एक हप्ताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको  प्रजिअ भट्टराईले बताए।
 

प्रकाशित मिति: १२:३० बजे, शनिबार, भदौ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्