Kathmandu Press

चितवनमा हेटौँडाकी कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर, भदौ १३ :  कोरोना भाइरसको संक्रमणबाट मकवानपुरको हेटौँडाकी एक महिलाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको शनिबार बिहान...
चितवनमा हेटौँडाकी कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर, भदौ १३ :  कोरोना भाइरसको संक्रमणबाट मकवानपुरको हेटौँडाकी एक महिलाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको शनिबार बिहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

मिर्गौलामा डायलासिस गर्न ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज भर्ना गरिएको थियो। अस्पताल ल्याएपछि कोरोना परीक्षण गर्दा ती महिला संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित मिति: १२:१४ बजे, शनिबार, भदौ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्