Kathmandu Press

पर्सामा थप ५० जनामा कोरोनाको संक्रमण पुष्टि

वीरगञ्ज, भदौ १३ : पर्सामा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना...
पर्सामा थप ५० जनामा कोरोनाको संक्रमण पुष्टि

वीरगञ्ज, भदौ १३ : पर्सामा थप ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

संक्रमितहरु पर्साका ३१, बाराका ८, धनुषाका ४, महोत्तरीका तीन, सर्लाहीका दुई, रौतहट र काठमाडौंका १–१ जना रहेको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।

संक्रमितहरु १५ देखि ५६ वर्ष उमेर समूहका छन्। शुक्रबार संकलन गरिएका ४ सय ३३ वटा स्वाबको नमूना परीक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति: ११:५९ बजे, शनिबार, भदौ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्