पाटन अस्पतालमा उपचारत काठमाडौं र भक्तपुरका दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, भदौ १३ : ललितपुरको पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट काठमाडौंकी ५१ वर्षीया र...
काठमाडौं, भदौ १३ : ललितपुरको पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट काठमाडौंकी ५१ वर्षीया र भक्तपुरकी ६२ वर्षीया महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए।
उनका अनुसार गत साउन ३० गते अस्पताल भर्ना काठमाडौंकी ५१ वर्षीया महिलाको गएराति साढे ९ बजे र भदौ ८ गते भर्ना भएकी भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको हो।
उनीहरू दुवै जनाको आईसीयूमा उपचार भइरहेको थियो।
प्रकाशित मिति: १०:५६ बजे, शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











