Kathmandu Press

वीपी स्वास्थ्य प्रतिष्ठानमा सिरहाका कोरोना संक्रमितको मृत्यु 

धरान, भदौ १३ : कोरोना भाइरसको संक्रमणबाट सिरहाका कोरोना संक्रमित एक जना वृद्धको मृत्यु भएको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको...
वीपी स्वास्थ्य प्रतिष्ठानमा सिरहाका कोरोना संक्रमितको मृत्यु 

धरान, भदौ १३ : कोरोना भाइरसको संक्रमणबाट सिरहाका कोरोना संक्रमित एक जना वृद्धको मृत्यु भएको छ। 

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको भदैया–६ का ८४ वर्षीय वृद्धको मृत्यु भएको हो। उनको शुक्रबार राति साढे ११ बजेतिर मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए। 

ती वृद्धमा ज्वरो, रुघाखोकी र श्वासप्रश्वासमा समस्या रहेको थियो।  भदौ ६ गते उपचारका लागि वीपी प्रतिष्ठान ल्याइएका ती वृद्धमा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

कोरोना पुष्टि भएपछि ती वृद्धलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

प्रकाशित मिति: ०९:४० बजे, शनिबार, भदौ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्