Kathmandu Press

चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, भदौ १३ : चितवनमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप २६...
चितवनमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर, भदौ १३ : चितवनमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि हुनेमा चितवनका १५ जना छन्।

चितवनका १५ जना भरतपुर महानगरपालिकाका १४ जना र रत्ननगर नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै, गोरखा र सप्तरीका दुई–दुई तथा मकवानपुर, नवलपुर,  दैलेख, बारा, गुल्मी, सुर्खेत र मोरङका एक–एकमा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीले जानकारी दिइन्।

२७५ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा २६ जनामा कोरोना पोजेटिभ देखिएको हो।
 

प्रकाशित मिति: ०८:११ बजे, शनिबार, भदौ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्