Kathmandu Press

कर्णाली प्रदेशमा पत्रकारसहित १९ जनामा कोरोना संक्रमण

वीरेन्द्रनगर, भदौ १२ : कर्णाली प्रदेशमा पत्रकारसहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोभिड–१९ को अद्यावधिक विवरणअनुसार दैलेखमा एक सक्रिय पत्रकारसहित ११,...
कर्णाली प्रदेशमा पत्रकारसहित १९ जनामा कोरोना संक्रमण

वीरेन्द्रनगर, भदौ १२ : कर्णाली प्रदेशमा पत्रकारसहित थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

कोभिड–१९ को अद्यावधिक विवरणअनुसार दैलेखमा एक सक्रिय पत्रकारसहित ११, जुम्लामा छ र सल्यानमा दुई जनामा कोरोना पुष्टि भएको हो योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार ३६३ पुगेको छ। 

दैलेख जिल्ला अस्पतालमा गरिएको पीसीआर परीक्षणमा नारायण नगरपालिका–१ भगवती टोलका आठ र वडा नम्बर ५ का तीन जनामा संक्रमण पुष्टि भएको हो। जिल्ला अस्पतालका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले नयाँ पहिचान भएका सबै समुदायस्तरका भएको बताए। 

कर्णाली प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार ४० पुगेको छ। कोरोनाका सक्रिय बिरामीको संख्या ३१७ रहेको छ भने हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १९:१५ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्