Kathmandu Press

देशभर ७१ जना पत्रकारमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रदेश २ मा 

काठमाडौं, भदौ १२ : नेपालमा अहिलेसम्म ७१ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्ममा सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका...
देशभर ७१ जना पत्रकारमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रदेश २ मा 

काठमाडौं, भदौ १२ : नेपालमा अहिलेसम्म ७१ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

नेपाल पत्रकार महासंघका अनुसार शुक्रबारसम्ममा सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन्। तीमध्ये मोरङका १२ र उदयपुरका एक जना रहेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिए।

महासचिव विष्टका अनुसार प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन्। संक्रमति पत्रकार पर्साका १३, बाराका चार, धनुषाका दुई, सप्तरीका तीन, सर्लाहीका तीन, महोत्तरीका एक र रौतहटका एक जना रहेका छन्।

यस्तै, वाग्मती प्रदेशमा ११ जना पत्रकार संक्रमति भएका छन्। तीमध्ये काठमाडौंका ९ र ललितपुरका दुई जना रहेका छन्। 

यसैगरी, गण्डकी प्रदेशमा आठजना पत्रकार संक्रमित भएका छन्। तीमध्ये कास्कीका एक र नवलपुरका सात जना रहेका छन्।

प्रदेश ५ मा ११ जना पत्रकार संक्रमित भएका छन्। तीमध्ये बाँकेका दुई, बर्दियाका एक, कपिलवस्तुका ६ र रुपन्देहीका दुई जना रहेका छन्। त्यस्तै, कर्णाली प्रदेशको दैलेखमा एक जना पत्रकार संक्रमित भएको महासचिव विष्टले जानकारी दिए। उनले संक्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेका छन्।

महासंघले संक्रमणको उच्च जोखिमकाबीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारको उपचारको सहज व्यवस्था गर्न सरकारसँग माग गरेको छ। 

प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, भदौ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्