Kathmandu Press

पूजारी हत्यामा संवेनदशील भएर अनुसन्धान गर्न माग

पूजारी हत्यामा संवेनदशील भएर अनुसन्धान गर्न माग

काठमाडौं, भदौ १२ :  रौतहटमा भएको पूजारी हत्याको न्यायिक छानविन गर्न विभिन्न धार्मिक संस्थाले माग गरेका छन्। 

सनातन हिन्दु धर्ममा आस्था राख्ने सात वटा संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै  पूजारी श्रीराम साहको हत्याको छानविन गरी  पीडितका परिवारलाई न्याय दिन माग गरेका हुन्। निरपराध धार्मिक सन्तको हत्यामा संवेनदनशील भएर अनुसन्धान गर्न ती संस्थाले सरकारसँग माग गरेका छन्।

पूजारी हत्याविरुद्ध प्रदर्शन गर्नेहरुलाई नियन्त्रणमा लिइएको विषयमा पनि संस्थाहरुले आपत्ति जनाएका छन्। 

“आफ्ना नागरिकको जिउधनको सुरक्षा दिनु राज्यको कर्तव्य हो। कसैको ज्यान मारिएको घटनालाई अनुसन्धान गरी दोषीलाई कानूनी कारबाही गर्नु राज्यको प्रमुख दायित्व हो”, विज्ञप्तिमा भनिएको छ।

संयुक्त विज्ञप्ति जारी गर्ने संस्थामा राष्ट्रिय धर्मसभा नेपाल, विश्व हिन्दु महासंघ नेपाल लगायतका संस्था छन्।  रौतहटको माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पूजारी साहको गत भदौ ३ गते गोली हानी हत्या गरिएको थियो।

प्रकाशित मिति: १८:३२ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्