Kathmandu Press

चितवनमा जारी निषेधाज्ञा एक हप्ता थपियो

भरतपुर, भदौ १२ :  चितवनमा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय  एक साता थप गर्दै भदौ १९ सम्मका...
चितवनमा जारी निषेधाज्ञा एक हप्ता थपियो

भरतपुर, भदौ १२ :  चितवनमा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ। 

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय  एक साता थप गर्दै भदौ १९ सम्मका लागि कायम गरिएको हो। यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय शुक्रबार राति १२ बजे सकिँदै थियो। 

पहिलो पटक भरतपुर महानगर क्षेत्रमा साउन ३० गते रातिदेखि निषेधाज्ञा जारी गरिएको थियो। पहिलो चरणमा भरतपुर महानगर क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकामा साउन ३२ गते माडीबाहेक जिल्लाका सबै पालिकामा जारी गरिएको थियो। 

भदौ ५ गतेदेखि भने जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको छ। पछिल्ला दिनहरुमा कोरोनाको संक्रमित बढ्दै गएपछि भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो। निषेधाज्ञामा आधा कर्मचारीले सरकारी कार्यालयको आन्तरिक काम र बिहान १० देखि १ बजेसम्म बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए।  
भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो। चितवनमा अहिले कोरोना संक्रमितको संख्या ४९५ पुगेको छ भने चार जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १८:२५ बजे, शुक्रबार, भदौ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्