कोरोना संक्रमणबाट चितवनमा एकैदिन तीन जनाको मृत्यु
भरतपुर, भदौ १२ : चितवनमा एकैदिन कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट गोरखा नगरपालिका–१३ का ३८ वर्षीय पुरुष, चितवनको भरतपुरका...
भरतपुर, भदौ १२ : चितवनमा एकैदिन कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट गोरखा नगरपालिका–१३ का ३८ वर्षीय पुरुष, चितवनको भरतपुरका ५१ वर्षीय पुरुष र मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो।
गोरखाका ३८ वर्षीय युवकको भरतपुर अस्पताल, भरतपुरका ५१ वर्षीय पुरुषको पुष्पाञ्जली हस्पिटल र हेटौँडाकी ७१ वर्षीया वृद्धाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
योसँगै चितवनमा कोरोना संक्रमणबाट उपचारका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ। कोरोनाका कारण चितवनका चार, मकवानपुरका तीन, कैलाली र गोरखाका एक–एक जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











