कोरोना संक्रमितको उपचारको लागि सरकारले तीनै तहमा थप्यो ६ हजार दुई सय दुई बेड
काठमाडौं, भदौ १२ : सरकारले कोरोना संक्रमितको उपचारका लागि ६ हजार दुई सय दुई बेड थपेको छ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार...
काठमाडौं, भदौ १२ : सरकारले कोरोना संक्रमितको उपचारका लागि ६ हजार दुई सय दुई बेड थपेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार तीनै तहमा संक्रमितको उपचारको लागि बेड थपिएको हो। जसअनुसार केन्द्रमा एक हजार, प्रदेशमा एक हजार ९ सय ५७ र स्थानीय तहमा ३ हजार २ सय ४५ बेड थपिएको छ।
साथै, ६ सय ४९ वटा पालिकाहरूमा संक्रमितको उपचारको लागि पाँच वटा बेडको दरले अस्पताल तयार गरिएको उनले बताए।
देशभर संक्रमितको संख्या बढ्दै गएपछि सरकारले संक्रमितको उपचारका लागि अस्पतालको व्यवस्थापन गर्न थालेको छ।
प्रकाशित मिति: १७:१५ बजे, शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











