Kathmandu Press

शुक्रबार कोरोना पुष्टि भएकामध्ये आधा काठमाडौं उपत्यकाका

काठमाडौं, भदौ १२ : शुक्रबार देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै आधा संक्रमित रहेका छन्। शुक्रबार देशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...
शुक्रबार कोरोना पुष्टि भएकामध्ये आधा काठमाडौं उपत्यकाका

काठमाडौं, भदौ १२ : शुक्रबार देशभर थपिएका संक्रमितमध्ये आधा काठमाडौं उपत्यकाका छन्। 

शुक्रबार देशभर ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये काठमाडौं उपत्यकाका मात्रै ४१५ जनामा संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन्।

अहिलेसम्ममा शुक्रबार काठमाडौं उपत्यकामा सबैभन्दा सबैभन्दा बढी संक्रमित थपिएका हुन्।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन्। 

योसहित शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ।  हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।

प्रकाशित मिति: १६:४२ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्