संक्रमितको क्लोज कन्ट्याक्टमा रहेका रक्षा र गृहमन्त्री आइसोलेसनमा
संकट व्यवस्थापन केन्द्रको कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि दुई मन्त्री आइसोलेसनमा बसेका छन्।
काठमाडाैं, भदौ १२ : संकट व्यवस्थापन केन्द्रको कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि दुई मन्त्री आइसोलेसनमा बसेका छन्।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बसेका हुन्। मन्त्रीद्वयको कोरोना परीक्षणका लागि स्वाब समेत संकलन गरिएको उनीहरुको सचिवालयले जानकारी दिएको छ।
पोखरेल र थापा कोरोना संक्रमितको क्लोज कन्ट्याक्टमा परेपछि नेकपाको सचिवालय बैठक समेत धकेलिएको छ। शनिबारका लागि तय भएको बैठक भदाै १८ गतेसम्म स्थगित भएको हो।
प्रकाशित मिति: १६:१३ बजे, शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











