Kathmandu Press

शनिबारको लागि बोलाइएको नेकपा सचिवालयको बैठक स्थगित

काठमाडौं, भदौ १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।शनिबारको लागि बोलाइएको बैठक भदौ १८ गतेसम्मको लागि स्थगित भएको...
शनिबारको लागि बोलाइएको नेकपा सचिवालयको बैठक स्थगित

काठमाडौं, भदौ १२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

शनिबारको लागि बोलाइएको बैठक भदौ १८ गतेसम्मको लागि स्थगित भएको हो। बैठकमा नेकपा कार्यदलले गत शनिबार बुझाएको प्रतिवेदनमाथि छलफल हुने तय भएको थियो।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलबाट बैठक स्थगित गर्ने निर्णय भएको हो। 
 

प्रकाशित मिति: १४:५३ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्