Kathmandu Press

पूजारी हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका राप्रपाका १२ जना कार्यकर्ता पक्राउ 

पूजारी हत्याको विरोधमा प्रदर्शनमा उत्रिएका राप्रपाका १२ जना कार्यकर्ता पक्राउ 

काठमाडौं, भदौ १२ : रौतहट हनुमान मन्दिरका पूजारी हत्याको विरोधमा राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छानविनसहित हत्यारालाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ। 

प्रदर्शनमा उत्रिएका संगठनका केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेतालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।

राप्रपा नेता राजाराम बर्तौलाका अनुसार प्रहरीले अध्यक्ष सिंह, वरिष्ठ उपाध्यक्ष निराजन बम, चेतराज सिंह, विमल ऐडी, महेश ओझा, विजय शाही, आरके सिंह, किसान जोशी, राजकुमार थापा, राम धामी, नरेश मोरसहित १२ विद्यार्थी नेतालाई पक्राउ गरेको जानकारी दिए। बर्तौलाले पक्राउ परेकाको तत्काल रिहाको माग गरेका छन्।

प्रदर्शनमा घटनाको सत्यतथ्य छानविन गर, हत्यारालाई कारवाही गर, हिन्दुत्वमाथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाइएको थियो।
 

प्रकाशित मिति: १४:१९ बजे, शुक्रबार, भदौ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्