Kathmandu Press

व्यवसायीहरुले भने– हामीले कानूनीरुपमै खुल्ला मञ्चमा सटर भाडामा लिएका हौं

काठमाडौं, वैशाख ६ : काठमाडौंको खुल्लामञ्चको बसपार्कमा आफूहरुले कानूनी तवरले नै सटर भाडामा लिएको व्यवसायीहरुले दाबी गरेका छन्। 

शुक....

व्यवसायीहरुले भने– हामीले कानूनीरुपमै खुल्ला मञ्चमा सटर भाडामा लिएका हौं

काठमाडौं, वैशाख ६ : काठमाडौंको खुल्लामञ्चको बसपार्कमा आफूहरुले कानूनी तवरले नै सटर भाडामा लिएको व्यवसायीहरुले दाबी गरेका छन्। 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो दाबी गरेका हुन्। केही दिन अघिमात्रै खुल्लामञ्चमा गैरकानूनी तवरले सटर निर्माण भइरहेको भन्ने भनाइको खण्डन गर्दै व्यवसायीहरुले आफूहरुले काठमाडौं भ्यू–टावर निर्माणाधिन कम्पनी जलेश्वर स्वछन्द विकोई विल्डर्स कम्पनीसँगको सहमतिमा सटर बनाएको स्पष्ट पारेका छन्। 

खुल्लामञ्चमा सटर बनाएकामध्ये एक व्यवसायी रविन्द्र विकले आफूहरु विगत तीन वर्षदेखि नै उक्त ठाउँमा फुटपाथमा व्यवसाय गर्दैै आएको र अहिले काठमाडौं भ्यू टावर बनाउने क्रममा ठेकेदारले सटर बनाएको थाहा पाएपछि भाडामा लिएको बताए। ‘हामीले कानूनी तवरले नै ठेक्का पाएको कम्पनीसँग सम्झौता गरेका छौं,’उनले भने।

उनले आफूहरु र निर्माणधिन कम्पनीबीच आपसी सहमतिमा भाडा कायम गर्ने भद्र सहमति भएको पनि स्पष्ट पारे। ‘बसपार्कभित्र ठेकेदारले सरसफाई गर्ने, पिच गने, बिजुली बक्तीको व्यवस्था गर्नेलगायतका सुधारका कार्यक्रमसहित खुल्लामञ्च व्यवस्थित गर्ने भन्नुभएको छ। यो धेरै राम्रो कुरा हो। हाम्रो यसमा समर्थन छ। पहिलासँगै हिँडेका साथीहरु नै अहिले हाम्रो पेटमा लात हान्ने हिसाबले हिँड्नुभएको छ,’उनले भने।

कार्यक्रममा खुल्लामञ्चमै सटर बनाएका अर्का व्यवसायी झलक विकले आफूहरु पहिलेदेखि नै खुल्लामञ्चकै सडकमा व्यापार÷व्यवसाय गर्दै आएको बताए। उनले भने,‘अहिले बसपार्क व्यवस्थित बनाउने भीजनसहित कम्पनीले व्यवस्थापन गरेको छ। तर, हाम्रासँगैका साथीहरु हामीलाई निःशुल्क हुनुपर्छ भन्ने मनशायले विरोध गर्दै हिँड्नु भएको छ।’

केही व्यवसायीहरुले आफूले हिजो सित्तैमा पाउँछु भन्ने आशाले समर्थन गरेको तर सित्तैमा नपाएपछि विरोध गर्न थालेको पनि उनले आरोप लगाए  उनले भने,‘सित्तैमा सटर नपाएपछि अहिले उहाँहरु भत्काउनुपर्छ भनेर हिँड्नुभएको छ।’ अर्का व्यवसायी माधव चौलागार्इँले आफूहरु फुटपाथमा व्यापार-व्यवसाय गर्ने व्यक्ति भएकाले अहिले ठेकेदारले व्यवस्थित गरेको बताए। उनले भने,‘हामी खुशीका साथ व्यवसाय गरिरहेका छौं। हामी फेरि फुटपाथमा जान चाहन्नौं।’

राज्यले आफूहरुलाई करको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ।  

प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, वैशाख ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्