Kathmandu Press

टिचिङ अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १२ : उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा मृत्यु भएको छ।मृत्युपछि उनमा कोरोना संक्रमण रहेको पुष्टि...
टिचिङ अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १२ : उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा मृत्यु भएको छ।

मृत्युपछि उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। निमोनियको समस्या देखिएको उनलाई भदौ ९ गते त्रियुगाबाट शिक्षण अस्पतालमा ल्याइएको थियो। सोही दिन स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको रिपोर्ट बिहीबार राति आएको हो।

उनको सोही दिन राति उपचारको क्रममा मृत्यु भएको थियो।

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, भदौ १२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्