Kathmandu Press

बिरामी भएपछि जापानका प्रधानमन्त्रीले राजीनामा दिँदै 

बिरामी भएपछि जापानका प्रधानमन्त्रीले राजीनामा दिँदै 

काठमाडौं, भदौ १२ : जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने भएका छन्। बिरामी भएपछि प्रधानमन्त्री आबेले पदावधि सकिनु एक वर्ष अगाडि नै राजीनामा दिन लागेका हुन्।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार प्रधानमन्त्री आबेले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। उक्त सम्बोधनबाट उनले राजीनामा दिनेछन्।

प्रधानमन्त्री आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्। बिरामी भएकै कारण यसअघि पनि सन् २००७ मा उनले पदबाट राजीनामा दिएका थिए। आबे जापानमा लगातार सबैभन्दा बढी समय प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन्। अहिले उनी कुनै पनि सामाजिक कार्यक्रमहरुमा उपस्थित नभएको हुँदा उनको स्वास्थ्य स्थिती गम्भीर रहेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १२:३५ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्