पर्साका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, भदौ १२ : पर्साका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार थप ४२ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये वीरगन्ज महानगरपालिकाका ३९ , कालिकामाइ गाउँपालिकाका २ र पर्सागढी नगरपालिकाका एक जना रहेका छन्।
योसहित पर्सामा कोरोना संक्रमितको संख्या दुई हजार ६४ पुगेको छ।
प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











