Kathmandu Press

सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ, भदौ १२ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरामा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ।

सडकमाथिको डाँडाबाट सुख्खा पहिरो खसेको हो। पहिरोले आज बिहान १० बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सिनाले बताए। पहिरोले ठूलठूला ढुंगा खसेको उनले बताए।

पहिरो पन्छाउने काम भइरहेको जनाएको छ। राजमार्ग सुचारु हुन अझै समय लाग्ने उनले बताए।

प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्