Kathmandu Press

बुटवलमा कोरोना संक्रमित बृद्धको मृत्यु

बुटवलमा कोरोना संक्रमित बृद्धको मृत्यु

बुटवल, भदौ १२ : रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना कोरोना भाइरस संक्रमित बृद्धको मृत्यु भएको छ।

अस्पतालका फोकल पर्सन डा.सुदर्शन थापाका अनुसार तिलोत्तमा नगरपालिका–८ का ६० वर्षीय बृद्धको आज बिहान २ः३० बजे मृत्यु भएको हो। उनी भदौ ७ गते अस्पताल भर्ना भएका थिए।

कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका थिए। सुरुआतमा सामान्य ज्वरो र खोकी थियो।

विस्तारै अवस्था गम्भीर हुँदै गएपछि आईसीयूमा राखिएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

आज बिहान भेन्टिलेटरमै मृत्यु भएको हो। उनलाई मधुमेहको पनि समस्या रहेको डा.थापाले बताए।

 

प्रकाशित मिति: ११:२७ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्