Kathmandu Press

छुटे होम डेलिभरी गर्ने ८० कर्मचारी र सञ्चालन

छुटे होम डेलिभरी गर्ने ८० कर्मचारी र सञ्चालन

काठमाडौं, भदौ १२ : बिहीबार पक्राउ परेका होम डेलिभरी कर्मचारी तथा सञ्चालक छुटेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ परेका ८० जना कर्मचारीलाई कागज गराएर बिहीबार राति नै छाडेको हो।

उनीहरूलाई निषेधाज्ञाको अवधिभर होम डेलिभरी नगर्ने सर्तमा कागज गरी छोडिएको परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले भदौ चार गतेदेखि निषेधाज्ञा जारी गर्दै औषधि पसल, किराना पसल बाहेक अन्य पसलहरू खोल्न तथा अनावश्यक हिँडडुल गर्न निषेध गरेको छ।

प्रकाशित मिति: ११:०५ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्