Kathmandu Press

मकवानपुरकी ७१ वर्षीया बृद्धाको कोरोनाबाट मृत्यु

मकवानपुरकी ७१ वर्षीया बृद्धाको कोरोनाबाट मृत्यु

भरतपुर, भदौ १२ : भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरकी एक जना बृद्धाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९ की ७१ वर्षीया बृद्धाको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले बताए। उनका अनुसार बृद्धा दम र निमोनियाबाट पनि पीडित थिइन्।

उनलाई भदौ ७ गते अस्पताल भर्ना गरिएको थियो। ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछ भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

चितवनमा उपचारका क्रममा कोरोनाबाट सात जनाको मृत्यु भइसकेको छ। मृत्यु भएकाहरुमा चितवनका तीन, मकवानपुरका तीन र कैलालीका एक जना रहेका छन्।

उनीहरु सबैमा कोरोनासँगै अन्य रोग पनि रहेको मेडिकल कलेजले जनाएको छ। सात जनामध्ये पाँच जनाको भेन्टिलेटरमा राखेर उपचारका क्रममा ज्यान गएको छ।

प्रकाशित मिति: १०:३२ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्