अस्पताल ल्याउँदा बाटोमै मृत्यु भएकी महिलामा कोरोना पुष्टि

भक्तपुर, भदौ १२ : अस्पताल ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएकी भक्तपुरकी एक जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरकी ६४ वर्षीया महिलालाई परिवारजनले बिहीबार दिउसो अस्पताल ल्याएका थिए। उउनलाई गठ्ठाघरस्थित नागरिक कम्युनिटी शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भएकाे घाेषणाा गरेका थिए।
मृत्यु भएपछि उनको कोरोना परीक्षण गरिएको थियो। बिहीबार राति आएको परीक्षण रिपोर्टमा कोरोना पोजिटिभ देखिएको अस्पतालकी प्रमुख प्रशासक मञ्जु तिमल्सिनाले बताइन्।
उनको सम्पर्कमा आएका पाँच जना स्वास्थ्यकर्मीलाई पनि आइसोलेसनमा राखिएको छ। उनको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि खोजी भइरहेको छ।
उनको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले तयारी गरिरहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: ०९:५१ बजे, शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











