Kathmandu Press

कोभिड-१९ विरुद्ध परीक्षण भइरहेको चिनियाँ खोपको मूल्य तोकियो

कोभिड-१९ विरुद्ध परीक्षण भइरहेको चिनियाँ खोपको मूल्य तोकियो

काठमाडौं, भदौं १२ : चिनियाँ कम्पनी सिनोफार्मले आफूले परीक्षण गरिरहेको कोरोना विरुद्धको खोपको मूल्य एक सय ४० डलर अर्थात झण्डै १५ हजार रुपैयाँ तोकेको छ ।

परीक्षण भइरहेको र नोभेम्बर महिनाको अन्तिम सम्ममा बजारमा लैजान सक्ने दाबी गर्दै कम्पनीले खोपको मूल्य तोकेको बीबीसीले जनाएको छ ।  गएको महिनादेखि चीनका प्रमुख सरकारी कर्मचारीहरू माथि खोपको गोप्य परीक्षण गरिएको चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्।

न्याश्नल हेल्थ कमिशनका जेङ जोङ्वेईले सरकारी टीभीमा आफूहरूले आपत्‍कालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासक्रममै रहेका खोप दिएको बताएका छन्। चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ।

चीनको कोरोनाभाइरस नियन्त्रयणसम्बन्धी प्रतिवेदनमा कोभिड-१९ को खोप चीनमा विकास र प्रयोग गरेपछि विश्वव्यापी जनस्वास्थ्य उत्पादनको रूपमा प्रयोग गरिने उल्लेख छ। चीनले अफ्रिका र छिमेकी राष्ट्रहरूलाई चीनबाहिर खोप पठाउँदा ती देशहरूले पहिले पाउने सङ्केत दिएको छ।

कोरोना भाइरसमा चीनमा देखिएर विश्वभर फैलिएको थियो भने अहिले चीन आफ्नो सबै शक्ति लगाएर खोप बनाउने प्रतिस्पर्धा जित्ने प्रयासमा छ । 

प्रकाशित मिति: ०७:४३ बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्