Kathmandu Press

भारतमा एकैदिनमा झण्डै ७७ हजार जनामा कोरोना संक्रमण 

भारतमा एकैदिनमा झण्डै ७७ हजार जनामा कोरोना संक्रमण 

काठमाडौं, भदौ १२ : भारतमा पछिल्लो २४ घण्टामा झण्डै ७७ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वल्डोमिर्टसको पछिल्लो अपडेट अनुसार भारतमा ७६ हजार ८२६ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ३३ लाख ८४ हजार नाघेको छ ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा १ हजार ६५ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ६१ हजार ६९४ पुगेको छ।

यसैगरी भारतमा २५ लाख भन्दा धेरै संक्रमित निको भएका छन् । 
 

प्रकाशित मिति: ०७:०० बजे, शुक्रबार, भदौ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्