Kathmandu Press

कोरोनाबाट पछिल्लो २४ घण्टामा प्रदेश २मा मात्रै ८ जनाको मृत्यु

कोरोनाबाट पछिल्लो २४ घण्टामा प्रदेश २मा मात्रै ८ जनाको मृत्यु

जनकपुरधाम, भदौ ११ : प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ सङ्क्रमित थपिएका छन्।

प्रदेशको समाजिक विकास मन्त्रालयले आज जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक  गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो। प्रदेशमा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ।

साथै सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १२४ जना नयाँ सङ्क्रमित थपिएको हो । अब कूल सङ्क्रमितको सङ्ख्या नौं हजार ५५१ पुगेको छ। सोमध्ये बिहीबार ५७ जनासमेत गरी चार हजार ४९६ जना उपचार गराएर घर फर्केका छन्।

यसैबीच, प्रदेशका १९६ क्वारेन्टिनस्थलमा ८१२ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५५४, आइसोलेशनमा एक हजार १२१ र होम आइसोलेशनमा तीन हजार ८६२ जना बसेका छन्।

प्रकाशित मिति: २०:१९ बजे, बिहीबार, भदौ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्