Kathmandu Press

कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प गयो

कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प गयो

पोखरा, भदौ ११ : कास्कीको हेम्जा केन्द्रविन्दु भएर भूकम्प गएको छ। 

हेम्जा केन्द्रविन्दु भएर बिहीबार साँझ ५ बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। 

भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महसुस गरिएको थियो। भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केको पोखराका स्थानीयवासी लक्ष्मी पाण्डेले जानकारी दिए। उक्त भूकम्प २०७२ वैशाख १२ को भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ। 

प्रकाशित मिति: १८:४५ बजे, बिहीबार, भदौ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्