Kathmandu Press

धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

धनुषामा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि

जनकपुरधाम, भदौ ११ : धनुषामा मृत्यु भएका पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार मृत्यु भएका मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का ४५ वर्षीय पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो।

रुघाखोकी, ज्वरो आएपछि बुधबार प्रादेशिक अस्पतालमा भर्ना भएका उनको केही समयमै मृत्यु भएको थियो। मृत्युपछि उनको संकलन गरिएको स्वाबको रिपोर्ट बिहीबार कोरोना पोजेटिभ आएको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए।

योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।

प्रकाशित मिति: १७:५२ बजे, बिहीबार, भदौ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्