Kathmandu Press

मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषणबाट विभूषित गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठानको माग 

मंगलादेवी सिंहलाई नेपाल रत्न विभूषणबाट विभूषित गर्न गणेशमान सिंह अध्ययन प्रतिष्ठानको माग 

काठमाडौं, भदौ ११ : गणेशमान सिंह अध्ययन प्रतिष्ठानले मंगलादेवी सिंहलाई रत्न विभूषणबाट विभूषित गर्न माग गरेको छ। प्रतिष्ठानका अध्यक्ष नविन्द्रराज जोशीले बिहीबार विज्ञप्ती जारी गर्दै सिंहलाई विभूषित गर्न माग गरेका हुन्। 

‘महिलाहरुलाई घरभित्रको कामकाजमा सीमित गरी शिक्षा, स्वास्थ्य, स्वनिर्णय जस्ता आधारभूत मानव अधिकारबाट समेत वञ्चित गर्ने सामाजिक प्रचलन रहेको र राजनीतिमा महिला सहभागिता लगभग शून्य रहेको समयमा महिलाले भोट हाल्न र पढ्न पाउनु पर्ने अधिकारका लागि आवाज उठाउने विरङ्गाना मंगलामा नेपाली महिला अधिकार आन्दोलनकी रत्न हुनु हुन्छ भन्ने कुरामा कुनै दुई मत छैन,’ प्रतिष्ठानको विज्ञप्तीमा उल्लेख छ, ‘२००७ सालको क्रान्तीदेखि २०४६ सालको जनआन्दोलनसम्म उहाँको अविच्छिन्न प्रेरणादायी भूमिका रह्यो। प्रजातन्त्र र महिला स्वतन्त्राको लागि उहाँको योगदानको उचित कदर हुनु वाँछनीय छ। अतः यस गणेशमान सिंह अध्ययन प्रतिष्ठान मंगलादेवी सिंहलाई नेपाल रत्न बाट शुसोभित गर्नु राज्य र आम नागरिकको पनि दायीत्व हो भनि ठहर गर्दछ।’

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, भदौ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्