Kathmandu Press

अध्ययन भन्छ - मोटा मानिसका लागि कोरोनाको भ्याक्सिनले कम काम गर्छ  

अध्ययन भन्छ - मोटा मानिसका लागि कोरोनाको भ्याक्सिनले कम काम गर्छ  

काठमाडौं, भदौ ११ : सामान्य मानिसको तुलनामा मोटोपनका शिकार भएका मानिसहरु कोरोना संक्रमित भए अस्पताल भर्ना  हुने सम्भावना धेरै हुने एक अध्ययनले देखाएको छ। युनिभर्सिटी अफ नर्थ कारोलाइनाले गरेको अध्ययन अनुसार सामान्य मानिस भन्दा मोटा मानिस संक्रमित भएमा अस्पताल भर्ना हुने जोखिम दुई गुणा देखिएको हो। 

युनिभर्सिटीले विश्वभरका चार लाख मानिसमा गरेको अध्ययनले यस्तो देखाएको हो। अमेरिकी शोधकर्ताले मोटोपनका कारण डायबिटिज र हाई बल्ड प्रेसरको खतरा बढ्ने र इम्युन सिस्टम कमजोर भएमा संक्रमित गम्भीर बिरामी पर्ने बताएका छन्। 

यस्तै मोटा मानिसका लागि कोरोनाका सम्भावित भ्याक्सिन कम असरदार हुने वैज्ञानिकहरुले बताएका छन्। फ्लुको खोपले समेत ३० भन्दा बढी बीएमआई भएका मानिसमा राम्रो काम नगर्ने देखिएकाले कोरोनाको भ्याक्सिनले समेत कम काम गर्न सक्ने उनीहरुको तर्क छ।

बीबीसी हिन्दी

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, भदौ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्