Kathmandu Press

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच महिलासहित ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच महिलासहित ८ जनाको मृत्यु

काठमाडौं, भदौ ११ :  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप आठ जनाको मृत्यु भएको छ। 

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पाँच महिलासहित थप आठ जनाको मृत्यु भएको जानकारी दिए। 

प्रवक्ता गौतका अनुसार कोरोना संक्रमणबाट ललितपुरकी ६५, बाराकी २३, कास्कीकी ३२, रुपन्देहीकी ६२ र बाँके ७० वर्षीया महिला तथा काठमाडौंका ४८, पर्साका ६२ र कपिलवस्तुका ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।  

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ। 

नेपालमा बिहीबार  ११११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। संक्रमितमध्ये २० हजार ७३ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार बिहीबार कोरोनालाई जितेर ५६९ जना घर फर्किएका छन्। 

प्रकाशित मिति: १६:४० बजे, बिहीबार, भदौ ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्